(१) दफा १२ को उपदफा (१) बमोजिम निषेध गरिएको क्षेत्रमा बाहेक अन्य क्षेत्रमा रहेको कुनै जग्गा खनिज कार्यको लागि अस्थायी वा स्थायी तवरले आवश्यक पर्ने भएमा देहायको कुराको अधीनमा रही उपयोग गर्न वा प्राप्त गर्न सकिनेछ :–
(क) त्यस्तो जग्गा नेपाल सरकारको भए अनुमति प्राप्त व्यक्तिले नेपाल सरकारलाई तोकिएबमोजिमको भू–बहाल बुझाई उपयोग गर्न सक्नेछ ।
(ख) त्यस्तो जग्गा निजी स्वामित्वको भए नेपाल सरकारले अनुमति प्राप्त व्यक्तिलाई निजकै खर्चमा प्रचलित कानूनबमोजिम प्राप्त गराई दिन वा भू–वहालमा दिलाई दिन सक्नेछ ।
(२) खनिज कार्यको लागि कुनै जग्गामा केही समयको लागि कुनै यन्त्र, उपकरण, औजार जडान गर्न वा नाप नक्शा वा खनिज कार्यसम्बन्धी अन्य कुनै काम गर्न आवश्यक भएमा उपदफा (३) को अधीनमा रही त्यस्तो जग्गामा प्रवेश गरी त्यस्तो काम गर्न सक्नेछ ।
(३) विभाग वा अनुमति प्राप्त व्यक्तिले खनिजकार्य गर्दा कुनै जग्गावालाले आफ्नो जग्गा उपभोग गर्न नपाएमा वा त्यस्तो जग्गामा रहेको बाली, रुख, घर, वस्तु वा अन्य सम्पत्ति नोक्शानी भएमा गाउँपालिका वा नगरपालिकाको परामर्श लिई प्रचलित दरभाउलाई समेत ध्यान राखी सम्बन्धित जग्गावालालाई क्षतिपूर्ति दिइनेछ ।